बलिउड अभिनेता साहरुख खान फिल्म नगरिमा प्रवेश गरेको २५ बर्ष बढी भयो । तर, साहरुख बलिउडमा प्रवेश गरेसँगै उनको तुलना कोहि न कोहि कलाकारसँग भैरहेको छ ।

उनै, साहरुख भन्दा अहिले अभिनेता सलमान खान र आमिर खानको फिल्मले केहि बढी व्यापार गरिरहेको छ । यसैले पनि योे दौडमा साहरुख पछि परेको चर्चा हुने गरेको छ । यो बिषयमा साहरुख भन्छन्-‘मैले मेरो करिअर सकिएको चर्चा विगत २२ बर्षदेखि सुन्दै आएको छु ।’

उनले केहि फिल्मले निकै खराब व्यापार गर्ने बताउँदै धेरै फिल्मले राम्रो कमाई गरेको बताए । मानिसहरुले फिल्मको व्यापार नवुझ्ने गरेको र कसैको करिअर सकिएको बताउने गरेको साहरुखको भनाई छ । उनले आफूले फिल्मको व्यापार भन्दा पनि मानिसहरुलाई मनोरञ्जन दिनमा बढी ध्यान दिएको साहरुखको भनाई छ ।

For More videos Log on to Mazzako TV