गीतकार पूजा मारियाको दुई ओटा गीति एल्बम एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । गीतकार पूजाका आधुनिक एल्बम ‘जीवन साथी’ र लोक दोहोरी एल्बम ‘परदेशिको यादमा’ बरिष्ठ अभिनेता तथा गीतकार नीर शाह र लोकप्रिय गायक दिपक खरेलले सयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

‘जीवन साथी’ एल्बममा ५ वटा गीत समाबेश छन् भने संगीतकार राम सिटौलाको एकल संगीत र पूजाको एकल शब्द रहेको छ । एल्बममा प्रमोद खरेल, अञ्जु पन्त, गौरी मल्ल ,मेलिना राई र प्राश्ना पाण्डेको स्वर सुन्न सकिन्छ । त्यस्तै लोकदोहोरी एल्बम ‘परदेशिको यादमा’मा चन्दा खड्का र भरत भट्टको स्वर छ , भने पुजाको एकल शब्द रहेको छ । एल्बम दिप पूजा म्युजिकले बजारमा ल्याएको हो ।

For More videos Log on to Mazzako TV