५० बर्ष पुरानो कथा बोकेको फिल्म ‘पंचायत’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गरिए सगै रिलिज मिति समेत तय गरिएको छ । फिल्म आगामी २०७४ फागुन १८ गते बाट प्रदर्शनमा आउने निश्चित भएको छ । आगामि मे महिनाको अन्तिममा अमेरिकामा फिल्मको प्रिमियर गरिने निर्माण युनिटले जनाएको । फिल्म ‘पंचायत’मा सरोज खनाल र निता ढुङगानाको मुख्य भूमिका छ भने रुपा राना, गिता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, बिशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको समेत अभिनय रहेको छ ।

पुरानो संस्कृति तथा ग्रामिण शैलीमा बनेको फिल्मका लेखक तथा निर्देशक शिवम अधिकारी हुन् । गणेश गिरिको प्रस्तुति रहेको यस फिल्मलाई सुशान्त श्रेष्ठ र शंकर सुबेदीले निर्माण गरेका हुन् । चलचित्रमा टंक बुढाथोकीको संगीत ,रामेश्वर कार्कीको छायांकन तथा बिपिन मल्लको सम्पादन रहेको छ । फिल्मलाई अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागी गराउने तयारी समेत गरिएको छ । नेपालमा समेत चलचित्र विभिन्न संघ सस्थाको सयोगार्थ फिल्मको च्यारिटी गरिने भएको छ ।

For More videos Log on to Mazzako TV