बलिउड अभिनेता साहिद कपुर अहिले पुरा रुपमा पारिवारिक भएका छन् । फिल्म क्षेत्र भन्दा बाहिरकी यूवती मिरा राजपुतसँग बिहे गरेर उनी छोरीको बाबु समेत बनिसकेका छन् ।

उनै, साहिदले सोमबार एक महंगो कार किने । सोमबार उनले १.३ करोड भारतीय मुल्य बराबरको कार खरिद गरे । कार किनेपछि उनले पत्नी मिरा राजपुतलाइ घुमाउन निस्किए ।

सुरुवातमा यी दुइले कारमा बसेर क्यामेराको अगाडि पोज दिए । यसपछि, उनीहरु लामो ड्राइभिङमा निस्किएका थिए । साहिद अहिले फिल्म ‘पद्यमावती’मा काम गरिरहेका छन् । उनले अभिनय गरेको फिल्म ‘रंगुन’ पूर्ण रुपमा असफल भयो । फिल्ममा व्यस्त भएकाले साहिद समय मिलाएर परिवारसँग डुलिरहेका हुन्छन् ।

For More videos Log on to Mazzako TV