फिल्म ‘टाइगर जिन्दा हे’को पहिलो चरणको छायांकन सकेर अष्ट्रियाबाट फर्किएका अभिनेता सलमान खानले आफ्नी प्रेमिकालाई समय दिएका छन् । अविवाहित खान अहिले रोमानियाकी मोडल लुलिया वन्तुरसँग प्रेममा छन् ।
उनै, सलमानले आफ्नी प्रेमिका र परिवारलाई पनि समय दिने गरेका छन् । सलमानले आफ्नो पुरा परिवारलाई लिएर माल्दिभ्स गएका थिए । बिदा मनाउन लुलियाको साथमा पुरा खान परिवार माल्दिभ्स पुगेका थिए ।


उनीहरु, माल्दिभ्सबाट फर्किएको तस्बिर मिडियामा कैद भएको छ । उनीहरु मुम्बइ विमानस्थलमा देखिएका हुन् । सलमान, लुलिया र अन्य खान परिवार आफ्नै स्टाइलमा विमानस्थलमा देखिए । सलमान र लुलियाले मिडियाको अगाडि दुरी बनाएका थिए ।

For More videos Log on to Mazzako TV