अभिनेता अक्षय कुमारले एक बायोपिक फिल्ममा संझौता गरेका छन् । टीसीरीज कम्पनीका संस्थापक गुलसन कुमारको बायोपिकमा बन्न लागेको नयाँ फिल्ममा अक्षयले काम गर्ने पक्का भएको छ । गुलसनका छोरा भुषण कुमारले अक्षयलाई आफ्नो बाबुको भूमिकामा साइन गरेका हुन् ।


‘मोगुल’ नाम राखेर बन्न लागेको यो फिल्मको लागि संझौता गर्ने क्रममा अक्षयले फरक शैली अपनाएका छन् । उनले, महेश्वरमा भगवान् शिवको अगाडि बसेर संझौता गरेका छन् । अक्षय अहिले अभिनेत्रीद्धय राधिका अप्टे र सोनम कपुरको साथमा फिल्म ‘प्याडम्यान’को छायांकनमा व्यस्त छन् । गुलसान कुमारको बायोपिक फिल्मलाई सुभाष कपुरले निर्देशन गर्दैछन् ।

For More videos Log on to Mazzako TV