मिलन चाम्स निर्देशित फिल्म ‘ह्याप्पी डेज’को टिजर सार्वजनिक भएको छ । बेलायतका निकै लोभलाग्दा स्थानमा खिचिएको यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता लगायत मुख्य भूमिकामा छन् । फिल्म चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आइको प्रस्तुतीमा तयार भएको हो । सार्वजनिक टिजरमा बेलायतको रमणिय दृश्यमा प्रियंका, दया र संजयको त्रिपक्षीय प्रेम लाई अड्कल लगाउन सकिन्छ । फिल्ममा राजनराज सिवाकोटी र ताराप्रकाश लिम्बुको संगीत, मिलन चाम्स र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

फिल्ममा प्रियंका, दया र संजयका अलवा बिकि जोशी, जेनिशा लिम्बु, मोनिका, रुपा पुन, रितेश चाम्स, जेन बराल, हुप थापा लगाएतको अभिनय रहेको छ । टिजर हेर्नुहोस :

For More videos Log on to Mazzako TV