चैत्र २७ गतेदेखि एक हप्तासम्म नेपाल चलचित्र निर्देशक समाजले नेपाली चलचित्रक्षेत्रका प्राविधिकहरुको दक्षता अभिवृद्विको लागि पाँच दिने वर्कसप चलाउने भएको छ ।

वर्कसपको लागि अमेरिकाबाट हलिउडमा काम गरेका दुई प्रशिक्षकहरु आउदैछन । बर्कसपमा छायांकन, सम्पादन, कलर करेक्सन र निर्देशनका बारेमा प्रशिक्षकहरुले तालिम दिनेछन् । आज काठमाण्डौमा एक प्रेसमिटको आयोजना गरि यो कुरा जानकारी गराईएको हो ।

बर्कसप तीन दिन बन्दीपुरमा र दुई दिन पोखरामा गर्ने तयारी भईरहेको छ । तालिमा सहभागी हुन चाहनेले रु १०,००० तिर्नुपर्नेछ । तर, निर्देशक समाजका सदस्यले भने रु ७००० हजारमा नै यो तालिम लिन पाउनेछन् ।

निर्देशक समाजका अध्यक्ष दिनेश डिसीका अनुसार हाल फिल्मक्षेत्रमा सक्रिय भएर काम गरिरहेका प्राविधिकहरुलाई तालिममा प्रथम प्राथमिकतामा राखिएको छ ।

1920595_292786350874722_1660771677_n

थ्रीडी कन्सल्टेन्ट तथा फ्रिलाईनसरको रुपमा काम गरिरहेका साथै विश्वब्यापी रुपमा विभिन्न मुलुकहरुमा गएर चलचित्रको प्राविधिक पक्षका विषयमा तलिम दिईरहेका जष्टिन डिलियन र जेम्स एलभन प्रशिक्षको रुपमा नेपाल आउने भएका हुन् ।

लगभग ३२ लाख बराबरको बजेट लाग्ने भनिएको यो वर्कसपमा जम्मा ४५ जना मात्र सहभागी हुन पाउनेछन् । ‘फस्ट कम फस्ट सर्भिस’को आधारमा पहिले आउनेलाई प्रथम प्राथमिकता दिईने पनि बताईएको छ ।

1901916_292786330874724_1092238672_n

निर्देशक समाज नेपालले पर्यटनबोर्डसँगको सहकार्यमा यो वर्कसप गर्न लागेको हो । नेपाल पर्यटन बोर्डका निर्देशक हिक्मत सिंह एैरका अनुसार नेपाली चलचित्रको गुणस्तर अभिवृद्वि गरि चलचित्रको माध्यमबाट पर्यटन प्रवद्वनमा उल्लेखनिय भुमिका खेल्ने सकिने प्रशस्त ठाँउहरु रहेकाले पनि यो वर्कसप सञ्चालन गर्न लागिएको हो ।

बलिउड र हलिउडलाई पनि नेपालमा आर्कषण गर्न नेपाली चलचित्र क्षेत्र प्राविधिक रुपमै दक्ष हुनुपर्ने उनको भनाई रहेको छ ।

तस्बीर – महेश्वरमान सिंह
For More videos Log on to Mazzako TV