अन्ततः फिल्म ‘म यस्तो गीत गाउँछु’ ले पनि आफ्नो उचित रिलिज मिति तय गरेको छ । निर्देशक तथा निर्माता सुदर्शन थापाले असार ३० गतेलाई आफ्नो फिल्मको प्रदर्शन मिति तय भएको जानकारी दिए । पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको ‘म यस्तो गीत गाउँछु’ को छायाँकन अब केही प्रतिशत मात्रै बाँकी छ ।

‘छायाँकन पछि सम्पादन सक्दा हामी असारको लागि तयार हुन्छौं’ निर्देशक तथा निर्माता थापाले भने, ‘दर्शकले यस पटक पनि मिठो लभ बोकेको स्टोरी फिल्म हेर्न पाउनुहुनेछ ।’ सुदर्शन थापा लभ स्टोरी फिल्मको लागि अब्बल निर्देशक मानिन्छन् । ‘मेरो एउटा साथी छ’ देखि ‘प्रेम गीत’ सम्म सुदर्शनले निर्देशन गरेका फिल्महरु दर्शकले रुचाएका छन् । ‘म यस्तो गीत गाउँछु’ लाई पनि दर्शकले रुचाउने उनी बताउँछन् । ‘यस पटकको कथासँगै फिल्म मेकिङमा पनि हामीले विशेष ध्यान दिएका छौं’ उनी भन्छन्, ‘फिल्म हेर्ने हरेक दर्शकलाई आफ्नै प्रेम कथा महसुश हुनेछ । गीत संगीत हरेकको मनमा बस्ने बनेको छ ।’

काठमाण्डौं सहित पोखरामा फिल्मको सुटिङ भएको छ । केही निदमै फिल्म युनिट गीत खिच्न अप्पर मुस्ताङ जाँदैछ । नायिका शर्मा समेत सह निर्माता रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पूजा र पल सहित अभिनेता सरोज खनाल, अभिनेत्री रुपा राणा, कलाकार प्रज्जवल सुजल गिरी लगायतको अभिनय छ । संजय लामाको सिनेम्याटोग्राफी रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । फिल्मको प्रोडक्सन नविन पुरीले सम्हालेका छन् । कस्ट्युम डिजाइन विश्व गौतमले गरेका छन् । सुटिङ रिपोर्ट हेर्नुस् :

For More videos Log on to Mazzako TV