मल्टी स्टारर फिल्म ‘लप्पन छप्पन’ प्रदर्शनको दोश्रो सातामा आइपुगेको छ । दोश्रो सातामा पनि उच्च हल संख्या र दर्शकको साथ पाइरहेको निर्देशक मुकुन्द भट्ट बताउँछन् । ‘लप्पन छप्पन’ दोश्रो सातामा पनि ६० बढी हलहरुमा प्रदर्शन भैरहेको निर्देशक भट्टको भनाई छ ।

प्रदर्शनको तीन दिनमा डेढ करोड नजिकको व्यापार गरेको भनिएको ‘लप्पन छप्पन’ ले अहिलेसम्म कतिको व्यापार गर्यो त ? निर्देशक भट्ट प्राप्त व्यापारिक हिसाव बारे भन्छन्, ‘तीन करोड नजिजको हिसाब आएको छ ।’ यही रफ्तारमा अर्को सातासम्म फिल्मले व्यापार गरे नेपालबाटै लगानी सुरक्षित हुने उनले दाबी गरे । नेपाल र युरोपका विभिन्न स्थानमा छायाँकन गरिएको फिल्मको लगानी मात्रै डेढ करोड दाबी छ । दर्शक प्रतिक्रिया हेर्नुस् :

सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, देवु श्रेष्ठ, प्रकाशजंग शाह र सिड खरेलको अभिनय रहेको फिल्मलाई डम्वर चन्द र ईन्द्र प्रसाद खरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV