बैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लभ लभ लभ’ लभ स्टोरी फिल्म हो । दिपेन्द्र के.खनालले निर्देशन गरेको फिल्ममा स्वस्तिमा खड्का र सुरज पाण्डेको मुख्य भूख्य भूमिका छ । ‘पशुपती प्रसाद’ जस्तो मन छुने फिल्म निर्देशन गरेका निर्देशक खनालले यो लभ स्टोरी फिल्म चाहिं कस्तो बनाएका छन् त ?

‘म लभ स्टोरी फिल्म भन्दैमा आम जनराका चलचित्रकै लाइनमा यसलाई लिन्नँ मेरो चलचित्रले पछिल्लो समय मौलाएको फास्टफुड लभ भन्दा माथिको कथा बोकेको छ’ निर्देशक खनाल थप्छन्, ‘आदर्श प्रेम नमरिसकेकाले सच्चा र गहिरो प्रेम गर्नेहरुका लागि यो चलचित्र विशेष बन्नेछ ।’ प्रेम गर्नेहरुका लागि ‘लभ लभ लभ’ विशेष फिल्म उनको भनाई छ । शर्मिला पाण्डे फिल्मकी निर्मात्री हुन् । सुरज र स्वस्तिमासँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

For More videos Log on to Mazzako TV