फिल्म ‘प्रेम गीत २’ विश्वव्यापी कभर सङ प्रतियोगिताको आयोजना गर्ने भएको छ । यो वर्ष एक महिला र एक पुरूष गरी दुइ जना विजेता छानिनेछन् र पनि जनही एक लाख रुपैयाँ पुरस्कार पाउनुका साथै आसुसेन फिल्मसको आगामी फिल्ममा गाउने मौका पाउने छन ।

गत वर्षको सफल फिल्म ‘प्रेम गीत’ ले आयोजना गरेको कभर सङ प्रतियोगिता सागर सन्सार राइले जितेका थिए । बिजेता राइलाई एक लाख पुरस्कार रुपैयाँ सहित ‘प्रेमगीत २’ को लागी गीत रेकड गर्ने मौक उनले पाएका छन् । संगीतकार एलिस कार्कीको संगीत र मनिशा खड्काको शब्द रहेको गीतमा राईको एकल आवाजमा रेकर्ड गरिएको छ । सन्तोष सेनको निर्माण तथा रामशरण पाठकको निर्देशन रहेको फिल्म ‘प्रेमगीत २’ को छायाङ्कन म्यानमारका ऐतिहासिक धरोहरहरू, थाइलेण्डका पर्यटकिय क्षेत्र र नेपालका काठमाण्डौ, पोखरा, लुम्बिनी, सुर्खेत हुँदै कर्णाली क्षेत्रका कालिकोट, जुम्ला र मुगूको राराताल अनि ताल पारीको गाउँ मुर्मामा गरिएको छ ।

आउँदो सालको साउन १३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘प्रेम गीत २’ मा प्रदीप खड्का र अश्लेशा ठकुरीको मुख्य भूमिका रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा कल्याण सिंहको संगीत रेनशा वान्तवा राईको कोरियोग्राफी छ ।

For More videos Log on to Mazzako TV