शुक्रबारबाट रिलिज भएको अभिनेता अक्षय कुमार र अभिनेत्री तपसी पन्नु अभिनित फिल्म ‘नाम सबाना’ कस्तो चल्यो होला ? सफल फिल्म ‘बेबी’को प्रिक्वेलको रुपमा बनेको यो फिल्ममा तपसी नै मुख्य हिरो हुन् । मनोज वाजपेयी पनि फिल्मका मुख्य अभिनेता हुन् । अर्का अभिनेता अक्षय कुमार भने विशेष भूमिकामा देखिएका छन् ।


यो फिल्मले बक्स अफिसमा औषत कमाई गरिरहेको छ । शुक्रबार ५.१२ करोडको व्यापार गरेको यो फिल्मले शनिबार भने ६.२० करोडको व्यापार ग¥यो । फिल्मको विकेन्ड कलेक्शन १९ करोडको हारहारीमा हुने देखिएको छ ।
शिवम् नैरको निर्देशनमा तयार भएको यो फिल्मबाट तपसीको कामको प्रशंसा भएको छ । तर, ‘बेबी’को जस्तो व्यापार यो फिल्मले नगर्ने संकेत देखिएको छ ।

For More videos Log on to Mazzako TV