नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जोनी जेन्टलम्यान’ आउँदो बर्षको जेठ १९ गतेदेखि अल नेपाल प्रदर्शनमा आउने भएको छ । नितिन चन्द निर्देशित यो एक्सन लभ स्टोरी फिल्मको आइतबार प्रेसमिट गर्दै एउटा ‘लभ सङ्ग’ समेत रिलिज गरियो । गीतको भिडियो हेर्नुस् :

भारतका सिलङ, युपी, नोयडा, गोवाका सुन्दर दृश्यहरुमा खिचिएको सार्वजनिक ‘तिमी बिना मान्दैन’ बोलको गीतमा पल र आँचल फिचरिङ छन् । गीतमा हर्कुलस बस्नेतको संगीत, शब्द र स्वर छ । कोरियोग्राफी निर्देशक चन्दकै हो । सिनेम्याटोग्राफर रुपेश थापा हुन् ।

योर स्टाइल पिक्चर्स र एजी इन्टरटेनमेन्टको संयुक्त प्रस्तुती रहेको फिल्म ‘जोनी जेन्टलम्यान’ लाई एन्ड्रियु पौडेले निर्माण गरेका हुन् भने कार्यकारी निर्माताको अजय मल्ल ठकुरी रहेका छन् ।

For More videos Log on to Mazzako TV