फिल्म ‘पलाँस’ ले शनिबार दर्शकको साथ पाएको छ । सार्वजनिक बिदाको दिन शनिबार देशका प्रायः हलहरु हाउसफूल भएको निर्मात्री कृषा चौलागाईंले जानकारी दिइन् । प्रदर्शनको पहिलो दिन शुक्रबार भने फिल्मले सोचे जस्तो दर्शकको साथ नपाएको निर्मात्री चौलागाईंले बताइन् । आइतबार फिल्मको व्यापार सामान्य रहेको उनको भनाई छ ।

शनिबार नायिका रेखा थापा, नायक आयुव केसी र निर्मात्री चौंलागाईं चावाहिलस्थित गोपिकृष्ण हलमा दर्शकको प्रतिक्रिया बुझ्न पुगेका थिए । दर्शकले रेखा र आयुवसँग सेल्फी खिचे । दर्शकले फिल्म मन परेको प्रतिक्रिया दिदैं नायक केसीको भूमिकाले निकै मन छोएको बताए । यसअघिका फिल्महरु भन्दा रेखाको भूमिका ‘पलाँस’ मा भिन्न पाएको समेत दर्शकले बताए ।

यता रेखाले भने ‘पलाँस’ आफुले निभाएको भूमिका चुनौतीपूर्ण रहेको र आफ्नो भूमिका मन पराउने दर्शकलाई धन्यवाद दिइन् । पहिलो पटक फिचर फिल्ममा नायकको रुपमा प्रस्तुत भएका आयुवले दर्शकको प्रतिक्रियाबाट आगामी फिल्ममा राम्रो काम गर्न हौसला मिलेको बताए ।

सुवास कोइराला निर्देशित फिल्म ‘पलाँस’ मा रेखा ‘कल गर्ल’ र आयुव सच्चा प्रेमीको भूमिकामा प्रस्तुत भएका छन् । फिल्मको दुई दिनको व्यापारिक रिपोर्ट के कति छ त ? व्यापारिक हिसाब प्राप्त भैनसेको निर्मात्री चौलागाईंले बताइन् । ‘पलाँस’ प्रिमियरको झलक हेर्नुस् :

For More videos Log on to Mazzako TV