रेखा थापाले निर्माण गर्ने नयाँ फिल्म ‘रुद्रप्रिया’ लक्ष्मी पूजाको दिन, कात्तिक २ गतेदेखि प्रदर्शनमा आउने भएको छ । सुदिप भूपाल सिंहले निर्देशन गर्ने ‘रुद्रप्रिया’ को छायाँकन बैशाखको पहिलो सातादेखि सुरु हुँदैछ । फिल्मको शिर्ष भूमिकामा रेखा प्रस्तुत हुँदैछिन् । रेखासँगै फिल्ममा सुदर्शन थापा र अर्पण थापाको मुख्य भूमिका रहनेछ ।

रेखाको ‘रुद्रप्रिया’ लाई मोफसलमा एफडी र काठमाण्ठौंमा गोपाल काजी कास्यथले वितरणको जिम्मा लिएका छन् । यसअघि रेखाको फिल्म दशैंमा आउने चर्चा थियो । रेखाले किन ल्याइनन् त दशैंमा ‘रुद्रप्रिया’ ? ‘हामी अझैं प्रि-प्रोडक्सनमा छौं । स्क्रिप्ट देखि गीत संगीतसम्म बेस्ट निकाल्ने तयारीमा छौं । त्यसकारण सुटिङ अलि ढिला हुन गयो’ उनले भनिन्, ‘फेरी मेरो फिल्मको विषय दशैं भन्दा पनि तिहार लगाउँदा राम्रो हुन्छ ।’ रमेश पौडेल निर्माता रहेको फिल्म ‘रुद्रप्रिया’ मा संजय लामाको सिनेम्याटोग्राफी र सुरेश अधिकारीको संगीत रहेको छ ।

यस्तै रेखा, वितरक कायस्थ र निर्माता पौडेल मिलेर संयुक्त फिल्म वितरण प्रणालीको पनि सुरुवात गर्ने तयारी थालेका छन् । रेखा पिक्चर्स प्रा.लि मार्फत उनीहरुले अल नेपाल फिल्म वितरण गर्नेछन् ।

For More videos Log on to Mazzako TV