अनमोल केसी र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘गाजलु’ निर्माण गरेको रोहित अधिकारी फिल्मस्ले बनाउने दोश्रो फिल्मको नाम ‘ब्रेकअप’ राखिएको छ । ‘गाजलु’ कै निर्देशक हेमराज विसीले निर्देशन गर्ने यो नयाँ फिल्ममा कलाकार भने तय हुने क्रममा छन् ।

निर्माता रोहित अधिकारीले भदौबाट ‘ब्रेकअप’ को सुटिङ सुरु हुने बताए । सुटिङ सुरु नहुँदै फिल्मको प्रदर्शन मिति समेत तय भएको छ । रोहित फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुने ‘ब्रेकअप’ आउँदो सालको फागुन २ गते प्रदर्शनमा आउने छ । फिल्म पुर्णतः लभ स्टोरी कथामा आधारित रहनेछ ।

For More videos Log on to Mazzako TV