अभिनेता रमेश उप्रेती अभिनित फिल्म ‘ऐश्वर्य’को रिलिज मिति तय भएको छ । २०७४ को तिहारको छेकोमा रिलिज हुने फिल्मका निर्देशक दिवाकर भट्टराईले जानकारी दिएका हुन् । यसअघि फिल्म दशैंमा रिलिज हुने चर्चा थियोे ।

दिपकदीपाको ‘छक्का पञ्जा २’ दशैंमा आउने भएपछि सहमतीमै रिलिज कार्तिक १ लाई सारिएको भट्टराईले बताए । फिल्ममा अभिनेता रमेश उप्रेती संगै दीपिका प्रसाईं र प्रसान्त ताम्राकार मुख्य भुमिकामा छन् । दीपिका यो फिल्मबाट डेब्यू गर्दैछिन् । वैष्णोदेवी फिल्मको ब्यानरमा बनेको फिल्मका निर्माता पनि उप्रेती नै हुन् । राजेश श्रेष्ठले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ ।

For More videos Log on to Mazzako TV