बलिउड अभिनेता सलमान खानका भान्जा आहिल शर्माको पहिलो जन्मदिन माल्दिभ्समा मनाइएको छ । सलमानले सबै परिवार लिएर माल्दिभ्स पुगेर भान्जा आहिलको जन्मदिन मनाएका हुन् ।

बहिनी अर्पिताका छोरो आहिलको बर्थ डे मनाउन सलमान सहित सोहेल, सीमा, यूलिया, अलवीरा, अतुल, अमृता आफ्ना बच्चासँगै माल्दिभ्स पुगेका थिए । ‘टाइगर जिन्दा है’को सुटिङ छाडेर सलमान भान्जालाई आर्शिवाद दिन माल्दिभ्स पुगेका हुन् । खान परिवारले आफ्ना भान्जाको जन्मदिनमा समुन्द्री तटमा खुब रमाइलो समेत गरेका छन् ।

For More videos Log on to Mazzako TV