नायिका शिल्पमा पोखरेलको एक्सन अवतार चलचित्र ‘हामी शरणार्थी’मा हेर्न पाईने भएको छ । अमेरिकाको कोलम्बसमा प्रिमियर हुन लागेको यो सिनेमामा नायिका शिल्पा मुख्य भुमिकामा छिन् । उनले चलचित्रमा रोनाधोना र लभ सिक्वेन्स मात्रै नभएर निकै मज्जाले फाईट पनि गरेकी छिन् ।

द्वन्द निर्देशक हिमाल केसीले शिल्पाबाट निकै ‘रिश्की’ सिनहरु गराएका छन् । यसअघि दुई बच्चाहरु बोकेर बाँण हान्दै गरेको पोष्टर सार्वजनिक भएसँगै चलचित्रका बारेमा दर्शकमाझ जिज्ञासा बढेको थियो ।


भूटानी शरणार्थीले पाएको दुःख र कष्टलाई पर्दामा उतारिएको यस सिनेमालाई विजय ‘लिम्बु’ केरुङले निर्देशन गरेका हुन् । यस चलचित्रको यही अप्रिल एक तारिक अमेरिकाको कोलम्बसमा प्रिमियर हुदैछ । त्यसपछि क्रमश अमेरिकाका विभिन्न सहरहरु र युरोपमा पनि चलचित्र प्रर्दशन हुने बताईएको छ । विदेशमा प्रर्दशन पश्चात नेपालमा चलचित्र प्रर्दशन गरिनेछ।

वैजु सिंहको पटकथा एंव संवाद रहेको फिल्ममा उत्तमजंग सिंहको संगीत छ । छायाँकन सौरभ लामाले गरेका छन् भने कमल राईको नृत्य निर्देशन छ । अर्जुन कुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश सिवाकोटीको संयुक्त लगानी रहेको फिल्ममा कृष्णप्रसाद पोखरेलको कार्यकारी निर्माण छ ।

Watch Trailer Here :-

For More videos Log on to Mazzako TV