भारतको सोनी टेलिभिजनबाट प्रशारण हुने चर्चित शो ‘द कपिल शर्मा शो’का चर्चित पात्र सुनिल ग्रोवर निस्किएपछि अहिले यो शोमा को आउँछन् भन्ने चर्चा चलिरहेको छ ।

बजारमा, त यो शो नै बन्द हुन लागेको समेत चर्चा नसुनिएको होइन । तर, सुनिललाई रिप्लेस गर्दै एक चर्चित कमेडियनको प्रवेश भएको भारतीय मिडियाले बताएका छन् । कपिलको यो शोमा, चर्चित कमेडियन राजु श्रीवास्तवले काम गर्ने भएका छन् । राजुले समेत मिडियामा आफूले कमेडी शोमा काम गर्न लागेको प्रष्ट पारेका छन् ।

सुनिल निस्किएपछि टीआरपीको समेत समस्या भोग्दै आएका कपिलका लागि राजुले कती राहत देलान् त्यो पछि थाहा हुनेछ ?

For More videos Log on to Mazzako TV