शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘नाम सबना’की अभिनेत्री हुन् तपसी पन्नु । तपसी बलिउडमा छोटो समयमा नै चर्चा पाउन सफल अभिनेत्री हुन् ।

उनै, तपसीले अभिनय गरेको फिल्म ‘नाम सबना’मा उनी शिर्ष भूमिकामा छिन् । ‘बेबी’को पि्रक्वयलको रुपमा बनेको यो फिल्ममा तपसीले निकै मिहिनेत गरेको बताइन् । ‘बेबी’मा छोटो मात्र भूमिका गरेकी तपसी यो फिल्म नै आफूले बोक्न पाउँदा खुशी लागेको बताउँछिन् ।

उनी, आफूलाई खेलकुदमा विशेष रुची लाग्ने भएकाले सानिया मिर्जाको बायोपिकमा काम गर्न मन लागेको बताउँछिन् । यस्तै, उनले आफूलाई इन्दिरा गान्धीको बायोपिकमा पनि काम गर्न मन लागेको सुनाइन् ।

For More videos Log on to Mazzako TV