बलिउडमा फिल्म चल्ने एक फर्मुलामा पर्छ, सफ जोडी । जस्तो कि, साहरुख खान र काजोल एकसाथ आए भने फिल्म चल्ने पक्का जस्तै हुन्छ । यसैले, केहि अभिनेताहरुले आफ्नो सुहाउँदो अभिनेत्रीसँग केहि फिल्ममा काम गरिरहेका हुन्छन् । तर, अभिनेता आमिर खान भने यो कुरामा फरक छन् ।

उनले, आफूले एक पटक अभिनय गरेका अभिनेत्रीसँग दोश्रो पटक काम गर्ने मन राख्दैनन् । आमिर यतिबेला फिल्म ‘ठग अफ हिन्दुस्तान’मा काम गरिरहेका छन् । यो फिल्मका लागि विभिन्न अभिनेत्रीको नाम अगाडि आइरहेको छ ।

फिल्मका लागि अनुष्का शर्माले पनि रुची राखेकी थिइन् । तर, आमिरले अभिनेत्रीसँग यस अगाडि ‘पीके’मा काम गरेकाले दोहोर्‍याउने मन राखेनन् । जसकाकारण, अनुष्काको आमिरसँग फेरि काम गर्ने चाहना पुरा भएन ।

For More videos Log on to Mazzako TV