युवा स्टार अनमोल केसीको आज (चैत १७ गते) जन्मदिन परेको छ । यो मितिदेखि अनमोल २३ वर्षमा लागेका छन् । पिता भुवन केसी र माता सुस्मिता केसीले अनमोललाई सामाजिक सञ्जाल फेसबुकमा जन्मदिनको शुभेच्छा प्रकट गरेका छन् ।

अनमोल सम्भवतः नेपाली फिल्म क्षेत्रका कान्छा स्टार कलाकार हुन् । १९ बर्षको उमेरमा फिल्म ‘होस्टेल’ खेलेपछि अनमोल युवा पुस्ताका ढुकढुकी बनेका हुन् । युवतीहरु अनमोलको विशेषगरी ‘लुक्स’ को फ्यान छन् । यसकारण पनि अनमोल अभिनित कुनै पनि फिल्महरु हालसम्म असफल भएका छैनन् । ‘होस्टेल’ सहित ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ गरी लगालग अनमोल अभिनित फिल्महरु सफल भैरहेका छन् । यसलाई अनमोलको ‘लुक्स’ र ‘लक’ दुबैले साथ दिएको  विश्लेषण फिल्म नगरीमा हुने गरेको छ ।

अनमोल हाल फिल्म ‘कृ’ को तयारीमा व्यस्त छन् । पीता केसी र निर्माता सुवास गिरीले निर्माण गर्ने यस फिल्मको लागि उनले निकै तयारी गरिरहेका छन् । यही महिनाको अन्त्यबाट सुटिङ सुरु हुने फिल्म ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । नेपाली फिल्म क्षेत्रका शान अनमोललाई मज्जाको अनलाइन डटकम परिवार जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।

For More videos Log on to Mazzako TV