नयाँ गीत ‘अवतार’ मार्फत गीतकार आनन्द राई श्रोता दर्शकमाझ आएका छन् । गीतमा सुगम संगीतमा राम्रो छाप छाडिसकेका गायक उदय सोताङले स्वर दिएका छन् । फिमेल भर्सनमा पनि रेकर्ड गरिएको गीतमा गायिका मेनुका राईको स्वर सुन्न सकिन्छ । लण्डनमा रहेरका गीतकार आनन्दले आफ्नो देश प्रति अटुट माया दर्साएको गीतबाट प्रष्ट हुन्छ ।

आनन्द राईकै संगीत रहेको यस गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । हरी हुमागाइँको छायांकन रहेको यस भिडियोमा पुष्पल खड्का र वर्षा राउत अभिनयमा छन् । भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।  गीतको भिडियो :

For More videos Log on to Mazzako TV