बलिउडमा साहरुख खान र भिडन्त उस्तै छ । साहरुखका फिल्म अर्का चर्चित अभिनेताका फिल्मसँग जुधेकै हुन्छन् । यो बर्षको सुरुवातमै ऋतिक रोशन अभिनित फिल्म ‘काबिल’सँग साहरुखको ‘रइस’ जुध्यो । 
साहरुख खान र अभिनेत्री अनुष्का शर्मा अभिनित अनटाइटल फिल्म अगष्ट ११ बाट रिलिज हुने पक्का छ । यो फिल्म सोलो रिलिज हुने चर्चा थियो । तर, एकाएक अभिनेता अक्षय कुमार नयाँ फिल्मका साथ यो मितिमा आएका छन् । अक्षय कुमार अभिनित फिल्म ‘ट्वाइटेलः एक प्रेम कथा’ यो मितिमा रिलिज हुने भएको छ ।

अक्षय कुमार र साहरुख खानको भिडन्त हुने भएपछि अहिले बलिउड मिडिया तातेको छ ।

For More videos Log on to Mazzako TV