बलिउडमा परिवारवादको कुरा उठिरहेको हुन्छ । बलिउड खानदानबाटै आएका कलाकारको दबदबा बलिउडमा रहेको चर्चा चलिरहन्छ । तर, केहि यस्ता कलाकार पनि छन् जो बलिउडकै ठूलो परिवारबाट आएपनि खासै चल्न सकेका छैनन् । यो भीडमा पर्छन्, अभिनेता अभिषेक बच्चन ।

उनै, अभिषेकको हातमा फिल्म नै छैन । उनले अभिनय गरेका सोलो फिल्महरु चल्दैनन् । यसैले, अन्य स्टारहरु व्यस्त हुँदा अभिषेक भने काम नपाएर बसेका छन् । अब, भने अभिषेकका लागि खुशीको कुरा छ ।

कृअर्ज इन्टरटेन्मेन्ट र केता प्रोडक्शनले बनाउन लागेको एक फिल्मका लागि उनलाई अनुवन्धित गरिएको छ । हरर बिषयको यो फिल्मको कथा पढेपछि अभिषेक पनि खुशी देखिएका छन् । मे महिना पछि यो फिल्मको छायांकन सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV