मे १९ मा रिलिज हुन लागेको फिल्म ‘हाफ गलफ्रेन्ड’को पोष्टर रिलिज गरिएको छ । भारतका चर्चित लेखक चेतन भगतले लेखेको पुस्तकमा आधारित रहेर यो फिल्मको निर्माण गरिएको हो ।

फिल्मको प्रदर्शन मिति आउन करिब डेढ महिना बाँकी रहेको समयमा यसको फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा फिल्मका मुख्य अभिनेता अर्जुन कपुर र अभिनेत्री श्रद्धा कपुरलाई देखाइएको छ ।

यी दुबै हातमा हात राखेर पानीमा रुझिरहेको फस्टलुकमा देख्न सकिन्छ । मोहित सुरीले यो फिल्मको निर्देशन गरेका हुन् । लभस्टोरी फिल्म निर्देशनमा मोहित सुरी माहिर मानिन्छन् ।

For More videos Log on to Mazzako TV