मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन’ ले चार दिनमा देशभरबाट डेढ करोड माथिको व्यापार गर्न सफल भएको छ । वितरक गोविन्द शाहीले ‘लप्पन छप्पन’ को व्यापार काठमाण्डौं र मोफसल गरी चार दिनमा एक करोड साठ्ठी लाख रहेको जानकारी दिए ।

वितरक शाहीका अनुसार चार दिनमा फिल्मले मोफसलबाट ५५ लाखको व्यापार गरेको छ । यस्तै काठमाण्डौंमा प्रदर्शनको पहिलो दिन शुक्रबार ३२ लाख, दोश्रो दिन शनिबार ४५ लाख, तेश्रो दिन आइतबार १५ लाख र चौधो दिन सोमबार (घोडे जात्रा) १७ लाखको ग्रस व्यापार गरेको छ । हालसम्मको व्यापारलाई हेर्दा फिल्मको व्यापार सुखद हो । एक करोड बढी लगानी रहेको फिल्मले स्वदेशबाट लगानीको ८० प्रतिशत रकम उठाउने देखिएको छ भने बाँकी विदेश तथा डिजिटल राइटस्बाट उठाउँनेछ । दर्शक प्रतिक्रिया हेर्नुस् :

मुकुकन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन’ मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, प्रकाशजंग शाह, सिड खरेल लगायतको अभिनय रहेको छ । फिल्ममा डम्वर भट्ट र ईन्द्र प्रसाद खरेलको लगानी छ ।

For More videos Log on to Mazzako TV