बैशाख १ गतेदेखि दयाहाङ राई र केकी अधिकारी अभिनित फिल्म ‘घामपानी’ प्रदर्शनमा आउँदैछ । तर केकी भने फिल्म रिलिजको दुई साता अगाडी नै अष्ट्रेलियातर्फ उडेकी छिन् । केही दिन अगाडी फिलम ‘राज्जा रानी’ को सुटिङ सकिने बित्तिकै केकी किन त्यसफर्त उडेकी हुन् । ‘घामपानी’ रिलिजको दुई साता अघि केकी किन उडिन् त अष्ट्रेलिया ?

खासमा यसै साता हुने फिल्म ‘लभ साशा’ शोको लागि केकी सुटिङ सक्ने बित्तिकै अष्ट्रेलियातर्फ उडेकी हुन् । ‘लभ साशा’ को शो सकिएपछि केकी नेपाल फर्किने छैनन् । दुई सातापछि त्यही हुने ‘घामपानी’ को प्रिमियरका लागि उनी त्यही बस्नेछिन् । ‘प्रिमियरले गर्दा फिल्म रिलिजको बेलामा नेपाल हुन पाइँन’ केकीले भनिन्, ‘तरपनि म दर्शक तथा शुभचिन्तकहरुको साथमा रहने प्रयास गर्छु ।’ ‘घामपानी’ ट्रेलर :

फिल्म समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘घामपानी’ मा केकी र दयाहाङको मुख्य भूमिका रहेको छ । अन्र्तराजातिय प्रेम सम्बन्धको कथा भन्ने फिल्मको ट्रेलरले दर्शकको ध्यान तानिरहेको छ ।

For More videos Log on to Mazzako TV