माथिको शिर्षक पढेर तपाइको होस उड्न सक्छ । हो, बलिउडमा सवैभन्दा चर्चामा रहेका लभ जोडी अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले एक अर्काको कार्यक्रम बहिष्कार गरिरहेका छन् । दीपिका हालै मात्र एक अवार्ड समारोहमा पुगेकी थिइन् । तर, निमन्त्रणा भएर पनि रणवीर सो कार्यक्रममा पुगेनन् ।

रणवीर नपुग्नुको मुख्य कारण दीपिकाको उपस्थिती मानिएको छ । दीपिका पुगेको कार्यक्रम किन रणवीरले मिस गरे ? के यी दुइविच व्रेकअप भएको हो ? तपाई यस्तो सोच्दै हुनुहुन्छ भने तपाई गलत हुनुहुन्छ ।

अभिनेता रणवीर र अभिनेत्री दीपिका अहिले संजयलिला भन्सालीको निर्देशनमा बनिरहेको फिल्म ‘पद्मावती’मा काम गरिरहेका छन् । संजय यी दुइ कलाकारको तस्बिर एकसाथ मिडियामा आओस् भन्ने चाहन्नन् । संजयकै माग अनुसार दीपिका र रणवीर एकसाथ हिड्न छाडेका हुन् ।

For More videos Log on to Mazzako TV