निखिल उप्रेती स्टारर फिल्म ‘निर्भय’ ले सुखद व्यापार गरेको निर्देशक मधुसुदन भट्टराईले बताएका छन् । उनका अनुसार शुक्रबार, शनिबार र आइतबारको फिल्मको व्यापार हेर्दा निराश हुनु पर्ने ठाउँ छैन ।

शुक्रबारको तुलनामा ‘निर्भय’ ले शनिबार दर्शकको राम्रो साथ पाएको निर्देशक भट्टराईले बताए । सोमबार बिदाको दिन पनि दर्शकको संख्या बढ्ने उनले आशा व्यक्त गरे । फिल्मलाई दर्शकले मन पराएको समेत उनले बताए । एक्सन लभ स्टोरी फिल्ममा निखिलसँगै नायिका नीता ढुंगाना, विकास चापागाई, प्रज्वल गिरी, सुशिल पोखरेल, प्रदिप ढकाल लगायतको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV