आफ्नो जन्मदिनको अवसर पारेर नायिका झरना थापाले डेव्यु निर्देशकिय फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो सार्वजनिक गरिन् । जुन गीतको भिडियोलाई युट्युवमा चौविस घण्टा नपुग्दै झण्डै साढे दुई लाखले हेरेका छन् । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक सलिनमान बाँनियाको जोडीलाई निकै रुचाइएको छ । बाह्र घण्टामा यति भ्युअर्स पाउने ‘ए मेरो हजुर २’ को गीत पहिलो हो ।

 ‘ए मेरो हजुर २’ को गीत रिलिज कार्यक्रममा नायिका थापाले फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई पनि निमन्त्रणा दिएकी थिइन् । जसमा नायिका रेखा थापा पनि कार्यक्रममा उपस्थित थिइन् । उनले ‘ए मेरो हजुर २’ सुपरहिट हुने ठोकुवा गर्दै नायिका थापालाई ढुक्क हुंन भनिन् । यस्तै उनले ‘राम्रा’हरु मध्येको पनि साम्राज्ञीलाई ‘राम्रो’ रहेको बताइन् । झरनाले भने ‘ए मेरो हजुर’ का स्व.निर्देशक शिव रेग्मी र स्व.नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झिंदै आफ्ना सम्पूर्ण कलाकार तथा प्राविधिकलाई धन्यवाद दिइन् । निर्माता सुनिल कुमार थापाले फिल्मले दर्शकको मन जित्ने आशा व्यक्त गरे ।

यता साम्राज्ञी, सलिन र सलोनले सुटिङ र डविङ गर्दाका रमाइला र कष्टका पललाई सम्झिए  । उचाईमा रहेको तिलिचो ताल हिंडेर जाँदा साम्राज्ञी रोएको देखि डविङ गर्दा आफैं रोएको समेत सलोनले सुनाए । डविङ गर्दा आफैं पनि साम्राज्ञीले सुनाइन् ।  नव नायक सलिनले आफुलाई फिल्न खेल्ने मौका दिएकोमा निर्माता र निर्देशकलाई धन्यवाद दिए । युवा पुस्ताको प्रेम कथा भन्ने फिल्म ‘ए मेरो हजुर २’ को प्रदर्शन मिति भदौ १६ लाई तोकिएको छ ।

For More videos Log on to Mazzako TV