अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो रिलिज भएको छ । नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नव नायक सलिनमान बाँनिया फिचरिङ गीतको भिडियो निकै सुन्दर बनेको छ । भिडियो :

कल्याण सिंहको संगीत, कृष्णहरी बरालको शब्द रहेको गीतमा सुगम पोखरेलको स्वर छ । भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राईले गरेकी हुन् । सिनेम्याटोग्राफी सञ्जय लामाको छ । शिर्ष गीतको भिडियोसँगै ‘ए मेरो हजुर २’ को प्रदर्शन मिति पनि भदौ १६ लाई तय गरिएको छ ।

निर्देशक झरना थापाको जन्मदिन पारेर आइतबार ‘ए मेरो हजुर २’ को गीत तथा रिलिज डेट सार्वजनिक गरिएको हो । सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा साम्राज्ञी र सलिनसँगै सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, अजश्र ढुंगाना, अुनभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, विल्सन विक्रम राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV