चलचित्र निर्माता संघका अध्यक्ष तथा निर्देशक आकाश अधिकारीले नुवाकोटको शिवपुरी गाउँपालिका, छापमा ३ कोठे विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् । उनको सामाजिक संस्था आशाको ज्याती नेपालले निर्माण गरेको उक्त भवन श्री बोर्लाङ्ग भुमे निम्न माध्यमिक विद्यालयका व्यस्थापन समितिका अध्यक्ष कुमार तामाङलाई आकाशले हस्तान्तरण गरेका हुन् ।

शनिबार विद्यालयमा आयोजित कार्यक्रममा पुगेर आकाशले भने–‘मलाई सुविधा सम्पन्न स्थानमा भन्दा पनि राज्य र अन्य निकायको आँखा नपुगेको स्थानमा सहयोग गर्न मन लाग्छ । साना साना नानीहरु विद्यालयको कक्षा कोठा, भवन राम्रो भएन भने विद्यालय नै आउन छाड्छन् । मलाई उनीहरुको भविष्यको खुबै चिन्ता लाग्छ । यसैले म छापमा आइपुगेको ह ।’आकाशले नव–निर्मित भवनमा कक्षा १, २ र ३ कक्षाका विद्यार्थीलाई राखेर अध्ययपन गराउन सुझाव पनि दिए । भवन निर्माण कार्यक्रममा पुग्दा आकाश सहित उनको टीमलाई विद्यार्थीहरुले स्वागत गरेका थिए । साथमा, कार्यक्रममा आकाशले विद्यालयका विद्यार्थीसँग नृत्य पनि गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक, व्यवस्थापन समितीका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेताहरुले आकाश र उनको ‘आशाको ज्योती नेपाल’ नामक संस्थालाई भवन निर्माण गरिदिएकोमा धन्यवाद दिए । भवन निर्माणमा इटालीमा रहेको राम साथी, इको हिमाल, इ पेल्लिवादी लगायतले साथ दिएका छन् । आकाशले आफु सधैं नै समाजसेवामा यसरी नै अग्रसर हुने बताएका छन् । भूकम्प पश्चात आकाशले विभिन्न खाले सहयोगी कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

For More videos Log on to Mazzako TV