मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन’ ले उत्साहजनक सुरुवाती व्यापार गर्न सफल भएको छ । शुक्रबार ५० प्रतिशत अकुपेन्सी कायम गरेको यो फिल्मले शनिबार लगभग शत प्रतिशत अकुपेन्सी कायम गर्यो । ‘लप्पन छप्पन’ काठमाडौका १९ र मोफसलमा ४५ हलमा प्रदर्शनरत छ ।

देशभर जसो हलहरुमा ‘लप्पन छप्पन’ हाउसफूल भएको वितरक गोविन्द शाहीले बताए । अभिनेता दयाहाङ राई, नायिका बर्षा सिवाकोटी, नव नायक सिड खरेल, निर्देशक मुकुन्द भट्ट सहितको फिल्म युटिन शनिबार राजधानीका हल हल पुगेको थियो । गुण, गोपी लगायत हलमा पुगेर उनीहरुले दर्शकसँग फिल्मको प्रतिक्रिया लिएका थिए । दर्शकहरु दयाहाङ र बर्षासँग सेल्फी खिचाउन झुम्मिएका थिए ।

सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा र बर्षा सिवाकोटी स्टारर फिल्मलाई दर्शकले मन परेको प्रतिक्रिया दिएका छन् । फिल्ममा प्रकाशजंग शाह र सिड खरेल नव प्रस्तुतीको रुपमा रहेका छन् । फिल्मलाई डम्बर चन्द र ईन्द्र प्रसाद खरेलले मिलेर बनाएका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र चन्द्र पन्तको द्वन्द रहेको छ । शनिबार ‘लप्पन छप्पन’ लाई क्युएफएक्सले मात्रै १७ शोज उपलब्ध गराएको थियो ।

For More videos Log on to Mazzako TV