बलिउड अभिनेत्री आलिया भट्टलाई केहि दिन अगाडि मार्ने धम्की आएको थियो । आलियाका पिता महेश भट्टलाई ५० लाख नदिएको खण्डमा छोरी आलियालाई मारिदिने धम्की दिइएको थियो ।

अन्डरवल्र्डबाट यस्तो धम्की आएको भन्दै महेशले प्रहरी गुहारेका थिए । यो बिषयमा आलिया भन्छिन्-‘मलाई आजसम्म मेरो बुबा र प्रहरीले यो बिषयमा तनाव लिनुपर्ने बातावरण नै बन्न दिएका छैनन् । यो केसको बिषयमा पिता र प्रहरी धेरै अगाडि बढिसकेका छन् ।’

उनले आफूलाई मार्ने धम्की दिने को हुन् भनेर मिडियासँग खुलाइनन् । तर, यस बिषयमा आफूले कुनै तनाव नै नलिएको उनको भनाई थियो । आलिया नयाँ फिल्म ‘बदि्रनाथ कि दुल्हनिया’को सफलतामा रमाइरहेकी छिन् ।

For More videos Log on to Mazzako TV