फिल्म ‘निर्भय’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । एक्सन हिरोको रुपमा कहलिएका निखिल उप्रेती शिर्ष भूमिकामा रहेको यो फिल्मले गर्ने व्यापारलाई लिएर बजारमा विभिन्न खाले चर्चा र अड्कलवाजी भैरहेका छन् । निखिल उप्रेतीको ‘निर्भय’ साँच्चै कस्तो व्यापार गर्ला ?

फिल्मको व्यापार कस्तो हुन्छ, त्यो प्रदर्शन पश्चात नै थाहा हुनेछ । तर फिल्म ‘निर्भय’ निखिल र नायिका नीता ढुंगानाको लागि चल्नु पर्ने अपिरिहार्य छ । किनकी यसै वर्ष प्रदर्शनमा आएको निकै नै प्रतिक्षा गरिएको निखिल अभिनित फिल्म ‘किङग’ ले सोचे अनुरुप सफल नाफाको व्यापार गर्न सकेन । नीता अभिनित फिल्महरु पनि सफल भैरहेका छैनन् । त्यसैले मधुसुदन भट्टराई निर्देशित फिल्म ‘निर्भय’ निखिल र नीताको लागि एउटा परिक्षाको रुपमा आएको छ । के उनीहरु यो परिक्षामा पास होलान् ? फिल्मको ट्रेलर हेर्नुस् :

For More videos Log on to Mazzako TV