अभिनेता दिलिप रायमाझीले अभिनय गरेको ‘खुशी उमङ्ग’ बोलको म्यजिक भिडियो सार्वजनिक भएको छ । नवगायक बिरेन रसार्इलीको स्वरमा रहेको गीतको भिडियोमा नायक दिलिप रायमाझी र भारती विश्वले अभिनय गरेका छन् । गीतमा राकेश काफ्ले शब्द छ भने बिजय अधिकारीको संगीत रहेको छ।

अमेरिकाको ओहायो, केन्टुकी, सिकागो लगायतका मनोरम स्थानहरुमा भिडियोको छायांकन गरिएको छ । चलचित्र निर्देशक सुरेश दर्पण पोख्रेलले भिडियो निर्देशन गरेका हुन् । एकदमै चिसो र हिऊ पर्ने मौसममा निकै मुश्किलले खिचेको भिडियोबाट राम्रै प्रतिक्रिया पाईरहेको निर्देशक पोख्रेलले मज्जाको अनलाईनलाई जानकारी गराए । भिडियोलाई अनुप गिरीले सम्पादन गरेका हुन् भने उत्तम रसाईलीले निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV