बलिउड अभिनेता सलमान खानले सबैभन्दा धेरै एडभान्स ट्याक्स तिरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । एक लिडिङ वेवसाइटका अनुसार सन् २०१७ को मार्च १५ सम्ममा सलमानले सबैभन्दा धेरै ट्याक्स तिरेका छन् । उनले ४४.५ करोड एडभान्स ट्याक्स तिरेका छन् ।

सलमानको आम्दानी ३९ प्रतिशतले बढेको छ । यस्तै, अर्का कमेडियन कपिल शर्माको आम्दानी ३४१ प्रतिशतले बढेको छ । कपिलले यो बर्षको सुरुवाती ३ महिनामा २३.९ करोड कर तिरेका छन् । उनले गतबर्ष ७ करोड रुपैया तिरेका थिए ।

कपिलले एडभान्स ट्याक्समा आमिर खान, रणवीर कपुर जस्ता कलाकारलाई पछि पारेका छन् ।

For More videos Log on to Mazzako TV