यही चैत्र १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पलाँस’ मा अभिनय गरेका कलाकार कामेश्वर चौरसियाले आफुसँग अन्र्तवार्ता लिने मिडियाको ‘लिस्ट’ मागेका छन् । फिल्म प्रदर्शनको मुखमा निर्मात्री कृषा चौंलागाईंले मिडियासँगको अन्र्तवार्ताका लागि उनीसँग गरेको आग्रहमा कलाकार चौरसियाले मिडियाको ‘लिस्ट’ मागेका हुन् ।

कलाकार चौरसियाको भनाईलाई उदृध गर्दै निर्मात्री चौलागाईंले भनिन्, ‘कुन मिडियासँग कुरा गर्ने हो, मलाई त्यो मिडियाको लिस्ट दिनुस् । जो पायो त्यही मिडियासँग म कुरा गर्दिंन ।’ यस विषयमा थप बुझ्न खोज्दा कामेश्वरको मोबाइलमा सम्पर्क हुन सकेन । उसो त उनले केही सिमित मिडिया पर्सनालीटि बाहेक अरुलाई आफुले अन्र्तवार्ता नदिने समेत बताएको निर्मात्री चौलागाईंको भनाई छ ।

फिल्म ‘रेशम फिलिलि’ रिलिज भएसँगै चर्चामा आएका कलाकार हुन्, कामेश्वर चौरसिया । अभिनय अब्बल गर्ने हुँदा हुँदै पनि अरुलाई गन्ती नगर्ने कामेश्वरको बानीको भने सबैले आलोचना गर्दै आइरहेका छन् । ‘पलाँस’ को डविङ पनि निर्माण युनिटको लामो समयको पहलपछि मंगलबार मात्रै सकेका थिए ।  ‘पलाँस’ मा रेखा थापा र आयुव केसीसँग कामेश्वरले स्क्रिन सेयर गरेका छन् ।

For More videos Log on to Mazzako TV