फिल्म ‘रातो घर’ ले पनि आफ्नो प्रदर्शन मिति तोकेको छ । निर्देशक सुरज सुब्बा ‘नाल्बो’ ले आउँदो बर्षको जेठ १९ लाई यो फिल्मको प्रदर्शन मिति तोकेका हुन् । सुटिङ सकिएको लामो समयपछि ‘रातो घर’ प्रदर्शनमा आउने पक्का भएको हो ।

माङहिम फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त निर्माण रहेको फिल्म ‘रातो घर’ मा विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, अनुराग कुँवर, माला लिम्बु, विकेश श्रेष्ठ, भानु प्रताप लगायतको अभिनय रहेको छ । ‘रातो घर’ ले आफ्नो रिलिज तोकेसँगै जेठको मिति प्याक भएको छ । जेठ ५ मा छुल्ठिम गुरुङको ‘डायरी’, १२ मा ‘पर्व’ र ‘हिटलर’ अनि १९ मा ‘रातो घर’ पक्का भएका छन् ।

For More videos Log on to Mazzako TV