करिब चार बर्षको ग्यापपछि ठुलो पर्दामा फर्कने तयारी गरिरहेका राजबल्लभ सानो पर्दामा भने देखिन थालेका छन् । नयाँ चलचित्रको लागि १२ केजी वजन घटाउन लागि परेका कोईराला अभिनित नयाँ म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । उसो त राजबल्लभ एकदमै कम म्युजिक भिडियो खेल्ने कलाकार हुन्, एकदमै मन परेको खण्डमा मात्र भिडियो गर्ने गरेको उनी बताउछन् ।

‘मैले फूल भनेर’ बोलको यस गीति भिडियोमा राजबल्लभ र मोडल सुनिक्षा मैनालीको स्लो पेसको लभ केमेष्ट्री देख्न पाईन्छ । भिडियोको छायांकन अमेरिकामै गरिएको हो । रिमा गुरुङ्ग होडाको आवाज रहेको यस गीतमा शब्द अम्बिका गुरुङ्गको छ भने संगीत प्रकाश लेप्चाको छ । ‘भव सागर’ एल्बममा समावेश यस गीति भिडियोको निर्देशन अनिशा क्षेत्रीले गरेकी हुन् ।

भिडियो हेर्नुस् । 

For More videos Log on to Mazzako TV