सेताम्मे फुलेको दाह्री र जुँगा । आँखामा पावर वाला चस्मा । नेपाली फिल्म क्षेत्रमा बाघ निर्माताको रुपमा चिनिएका निर्माता छविराज ओझा केही साता पहिले एक फिल्मी कार्यक्रममा यस्तै हुलियामा देखिए । सोही कार्यक्रममा उनकी हुनेवाला जीवनसाथी नायिका शिल्पा पोखरेल पनि सहभागी थिइन् । निर्माता ओझाको त्यस प्रकारको हुलियाले सबैको ध्यान तानेको थियो । तर शिल्पालाई चाहिं छविराजको उक्त लुक्स कस्तो लाग्यो त ?

‘मलाई राम्रो लागे र नै यस्तो हुनु भएको हो’ तपाईंलाई उहाँको लुक्स कस्तो लागि रहेको छ ? भन्ने प्रश्न सकिन नपाउँदै शिल्पाले उक्त उत्तर दिएकी थिइन् । ‘मलाई दाह्री जुँगा पालेको मान्छे मन पर्छ’ शिल्पाले भनिन् । शिल्पाले यसो भन्दै गर्दा छविराज पनि दंग देखिए । उनी केही बोलेनन् । मुस्कुराए मात्रै । तर शिल्पासँगै तस्बिर खिच्न भने उनी तयार भएनन् । ‘पछि खिचौंला नि’ भनेर छविराज पन्छिए । कतै शिल्पासँग आफु म्याच नहुने देखेर त छविराज तस्बिर खिच्न तयार नभएका होइनन् ? तस्बिर नखिचाएपनि छविराजले आफ्नो ब्यानरको चौधो फिल्म ‘मंगलम’ को सोलो हिरोइन बनाएका छन्, जहाँ शिल्पा निर्मात्रीको रुपमा समेत रहेकी छिन् ।

For More videos Log on to Mazzako TV