आफ्ना २ सहकर्मी सुनिल ग्रोवर र चन्दन प्रभावकरले शो सुटिङ गर्न नमानेपछि कमेडियन कपिल शर्मा रोए । सोमबार, कपिलको आग्रहमा पनि यी दुइले शो सुटिङ गर्न मानेनन् । यसपछि, कपिलले सुनिलसँग माफी मागेका थिए । कपिलको माफीपछि सुनिलले पनि त्यसको जवाफ दिएका छन् ।

सुनिलको जवाफपछि उनी शोमा फर्कने संभावना न्यून रहेको वुझ्न सकिन्छ । अष्ट्रेलियाबाट शो सकेर फर्कने क्रममा मदिराले मात्तिएका कपिलले सुनिललाई गाली गरेका थिए, साथमा उनमाथि हात पनि हालेका थिए । कपिलले माफी मागेपछि सुनिलले जवाफमा लेखेका छन्-‘भाई, म एकदमै विक्षिप्त भएको छु । तिम्रो साथमा काम गरेर मैले धेरै कुरा सिकेको छु । एक सल्लाहा दिन्छु कि, जनावरको छाडेर मानिसको इज्जत गर्न सिक ।

सबैजना तिमी जस्तै सफल र प्रतिभावन् छैनन् । यदि, तिमीलाई कसैले सहि कुरा भनिरहेको छ भने उसलाइ गाली नगर । यो बताइदिएकोमा धन्यवाद छ कि ‘द कपिल शर्मा शो’ मात्र तिम्रो शो हो । यसबाट तिमीले कुनै पनि पल, कसैलाई निकाल्न सक्छौ । तिमी, आफ्नो क्षेत्रमा उत्कृष्ट छौ तर ‘भगवान्’ बन्ने कोशिश नगर्नु । आफूलाई ध्यानमा राख । तिम्रो सफलताको कामना गर्दछु ।’

सुनिलको यो जवाफले उनी अब कपिलसँग काम गर्न तयार हुन्छन् भन्ने कसैलाई पनि लाग्दैन ।

For More videos Log on to Mazzako TV