आउने ०७४ सालको पनि फिल्म रिलिजको डेट लगभग ‘प्याक’ भएका छन् । स्क्रिप्ट, छायाँकन र पोस्ट प्रोडक्सनमा रहेका फिल्मको प्रदर्शन मिति यसै साल तोकिइएको छ । अर्को साल प्रदर्शनमा आउने फिल्मको मिति यस प्रकार छन् ।

anmol-ck

बैशाख १ तीन फिल्महरु ‘राधे’, ‘घामपानी’ र ‘लभ लभ लभ’ एक साथ प्रदर्शनमा आउँदैछन् । यी तीन फिल्महरुमा क्रमशः निखिल उप्रेती र प्रियंका कार्की, दयाहाङ राई र केकी अधिकारी अनि स्वस्तिमा खड्का र सुरज पाण्डेको मुख्य भूमिका छ । बैशाख २९ मा हसनरान खानको ‘रोमियो’ आउने कुरा छ ।

यस्तै डल्ली उर्फ छुल्ठिम गुरुङको ‘डायरी’ जेठमा ५ मा आउने पक्का भएको छ भने जेठ १२ मा ‘पर्व’ र ‘हिटलर’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । जेठ २६ गते दयाहाङ राई र प्रियंका कार्की स्टारर ‘लाल्टीन’ प्रदर्शनमा आउनेछ । ‘प्रेम गीत २’ साउन १३ गतेदेखि दर्शकमाझ आउँदा भदौमा फिल्मको भेल नै छ । साउन २० मा निखिल उप्रेती स्टारर फिल्म ‘रुद्र’ ले पनि प्रदर्शन मिति तोकेको छ । आना शर्मा र आशिरमान देशराजको ‘ग्याङस्टर ब्लुज’ भदौ २, अनमोल केसीको ‘कृ’ भदौ ८, निश्चल बस्नेत र आशिफ शाह अभिनित फिल्म ‘दुई रूपैंया’ भदौ २३ मा आउने भनी घोषणा गरिएका छन् । यस्तै दिपकराज गिरी र दिपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा फेरी’ असोज ११ गते आउने भएको छ ।

यता रेखा थापाले ‘रुद्रप्रिया’ दशैंमा लगाउने भनेकी छिन् । छविराज ओझा पनि दशैंमा ‘मंगलम’ लाउने सोचमा छन् । रमेश उप्रेतीको ‘ऐश्वर्या’ पनि दशैंमै आउने चर्चा छ । झरना थापाको ‘ए मेरो हजुर २’ र सुदर्शन थापको ‘म यस्तो गीत गाउँछु’ ले प्रदर्शन मिति तोकि सकेका छैनन् ।

For More videos Log on to Mazzako TV