राम्रो जिउडाल भएकी नायिका हुन्, अनु शाह । तरपनि पछिल्ला दिनहरुमा फिल्ममा अनुको उपस्थिति अत्यन्तै न्यून छ । उनी म्युजिक भिडियोमै व्यस्त अनि मख्ख छिन् । किन त ?

anu-shah

अनु आफ्नै भनाई अनुसार फिल्ममा काम गर्नु भनेको झन्झट बेहोर्नु हो । एउटै फिल्मका लागि ६ महिनाको समय छुट्याउनु पर्ने हुन्छ । तरपनि भनेजति पारिश्रमिक पाउँन मुस्किल छ । ‘त्यसैले फिल्म खेल्न मन लाग्दैन’ अनु भन्छिन् । फिल्म नखेलेपनि अनुलाई एक्सन कटमा भने भ्याइनभ्याइ छ । सातमा कम्तीमा दुई वटा म्युजिक भिडियोको सुटमा अनु व्यस्त हुन्छिन् । उनी भन्छिन्, ‘भिडियोमा समय पनि कम लाग्ने । कमाई पनि हुने ।’ अनु अभिनित ‘लक्ष्य’ पछि कुनै पनि फिल्म प्रदर्शनमा आएका छैनन् ।

For More videos Log on to Mazzako TV