कलाकार सलोन बस्नेतले आफ्ना बाबु शोभित बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘बाबु कान्छा’ मा गीत गाएका छन् । ‘चन्द्रमाझै राम्री छौ’ बोलको गीतमा सलोनले हालै आफ्नो स्वर रेकर्ड गराएका हुन् । गीतमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छन् ।

salon-basnet

सलोनले स्वर दिएको गीत शोभितकै हिट फिल्म ‘कर्णवीर’ मा गीतको रिमिक्स भर्सन हो । गायक तथा संगीतकार ओम सुनारले गीतलाई रिमिक्स गरेका हुन् । गीतको ओरिजिलन भर्सनमा लक्ष्मण शेषको स्वर छ । ‘कर्णवीर’ रिलिज ताक यो गीत हिट भएको थियो । सोही लोकप्रियतालाई क्यास गर्न शोभितले उक्त गीतलाई रिमिक्स गरेका हुन् । चैतको अन्त्यबाट छायाँकन सुरु हुने भएपनि ‘बाबु कान्छा’ मा सलोन मात्र पक्का भएका छन् ।

For More videos Log on to Mazzako TV