दिपकराज गिरी र दिपाश्री निरौलाको समुहले निर्माण गर्ने फिल्म ‘छक्का पञ्जा फेरी’ मा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहलाई अफर गरिएको र उनले फिल्म खेल्न अस्विकार गरेको चर्चा फिल्म नगरीमा चलिरहेको छ । यो चर्चालाई लिएर निर्माता, कलाकार तथा स्क्रिप्ट राईटर गिरीले मुख खोलेका छन् ।

dipak-raj-giri

दिपकले आइतबार बिहानै आफ्नो फेसुबकमा लेखेका छन्, ‘साम्राज्ञिले छक्का पन्जा छोडिन भन्ने न्यूजÞ भाइरल भएछ… फिल्मको कथा नै तैयार भै सक्या छैन्, कसरी छोडिछन् ?
रिलिज भैसक्या छक्का पन्जा छोडिन पो भन्या हो कि ?
जबकि चल्तिका २, ३ नायिकाहरू पहिलै छन् फिल्ममा
ती नब नायिकाको नाम किन भजाउनु हाम्ले ?
साम्राज्ञिसंग फिल्मको बिहे नै भा छैन …. डिभोर्सको के कुरा ?
डिभोर्स हुनलाई पहिला बिहे त हुनु पर्यो ?’

दिपकको स्टाटस अनुसार साम्राज्ञीसँग ‘छक्का पञ्जा फेरी’ खेल्ने बारे कुरा नै भएको छैन् । ‘छक्का पञ्जा’ का प्रायः जसो कलाकार दोहोरिने सिक्वेलको स्क्रिप्ट पुरा नभएका कारण नयाँ कलाकारहरु तय भैसकेका छैनन् । फिल्ममा नायक प्रदीप खड्का रहने पनि चर्चा छ । यद्पी यसको आधिकारिक कुरा बाहिर आएको छैन । दिपाश्रीले निर्देशन गर्ने फिल्मको डेट भदौ १६ लाई तोकिएको छ ।

For More videos Log on to Mazzako TV