बलिउडमा सामान्य लगानीमा बनेका फिल्मले समेत लगानी उठाउन धौ धौ छ । केहि हप्ता अगाडि मात्र १ सय करोड माथिको बजेटमा बनेको फिल्म ‘रंगुन’ पूर्ण रुपमा असफल भयो । यो फिल्म नचल्दा निर्मातालाई करोडौ रुपैयाँ घाटा लाग्यो । srk film budget

तर, पनि बलिउडका सुपरस्टाहरु पनि करोडौ लगानी गरेर फिल्म बनाइरहेका छन् । अभिनेता साहरुख खानलाई होचो भूमिकामा देखाएर निर्देशक आनन्द एल राइले नयाँ फिल्म बनाउँदैछन् । यो फिल्मको नाम अहिलेसम्म तय भएको छैन ।

यो फिल्ममा भीएफएक्सको काम सबैभन्दा धेरै हुनेछ । साहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका रहने यो फिल्मको बजेट १ सय ५० करोड रहने वुझिएको छ । करिब डेढ अर्बको लगानीमा बन्न लागेको यो फिल्मका लागि निर्देशकले करिब २ बर्षको समय लिएका छन् ।

For More videos Log on to Mazzako TV